लागुऔषध मुद्दामा ९७ जनालाई अभियोग

आजभोलि

लागुऔषध मुद्दामा ९७ जनालाई अभियोग
सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको सङ्गीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागुऔषध अपराधको अभियोग लगाइएको छ ।

सोमबार जारी गरिएको विज्ञप्तिअनुसार, न्यू साउथ वेल्स राज्यको पुलिसले आइतवार आयोजित उत्सव कार्यक्रममा लक्षित अपरेसन शुरु गरेको थियो ।

सिड्नीको पूर्वी किनारमा भएको यस कार्यक्रममा २७ हजार भन्दा बढी मानिसहरूलाई आकर्षित भएका समाचारमा जनाइएको छ ।

९७ जनाले एमडीएमए, एम्फेटामाइन, गाँजा, कोकिन, एक्स्टेसी, एलएसडी, केटामाइन र साइलोसाइबिन लगायतका अवैध लागूऔषध ओसारपसार गरेको प्रहरीले जनाएको छ । तीमध्ये तीन जना लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका छन् ।

एक २१ वर्षीय पुरुषसँग १५ वटा एमडीएमए क्याप्सुल, अर्का एक पुरुषसँग ९ वटा क्याप्सुल र २५ वर्षीया महिलासँग ५ वटा एमडीएमए क्याप्सुल बरामद भएको बताइएको छ ।

  • १९ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !