बझाङ दुर्घटनाः मोटरसाइकल चालक फरार, प्रहरी भन्छ खोजीकार्य तिव्र छ

आजभोलि

अर्थ जङ्ग शाही
बझाङ । बझाङमा सवारी दुर्घटनामा ज्यान गुमाएकी मृतकका आफन्तको प्रदर्शन गरेका छन् । जसका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

धनगढीबाट बझाङ आउँदै गरेको मालबाहक ट्रक र मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्गाथलि गाउँपालिका–३ रकैल घर भएकी २५ वर्षीया अमृता खत्रीको मृत्यु भएको हो ।

सोमबार बिहान सदरमुकाम चैनपुरदेखि बागथाला तर्फ गइरहेको सुपप्र ०१०१ ० प ५३१७ नम्बरको मोटरसाइकल र धनगढीबाट बझाङ आइरहेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रक केदारस्युँ गाउँपालिका २ र ४ को बीच बज्वामा एकआपसमा ठोकिँदा मोटरसाइकल पछाडि सवार हेयर नेपालमा कार्यरत खत्रीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले बताए ।

दुर्घटनापछि स्थानीय र मृतकका आफन्तले जयपृथ्वी राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध गरेपछि जिल्लाबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन् । शव अहिलेसम्म उठाइएको छैन । मृतकका आफन्त र स्थानीयले मृत परिवारलाई क्षतिपूर्ति घटनाको सत्यतथ्य छानवीन र सवारी चालकलाई नियन्त्रणमा नलिएसम्म अवरुद्ध राजमार्ग नखोल्ने अडान राखेका छन् । सडक सुचारू गर्ने सहमतिको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक बैतडीको पुर्चौडि नगरपालिका–६ का दिपेन्द्र साउँदलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ भने मोटरसाइकल चालक बझाङको जयपृथ्वी नगरपालिका–७ का नारायण जोशी फरार रहेका छन् । फरार जोशीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खत्री संस्थाको फिल्ड कार्यक्रमका लागि बाग्थला जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मृतक खत्रीका श्रीमान उत्तम धामी भने हाल भारतमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

  • २३ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !