बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…….

आजभोलि

तनहुँ । जिल्लाको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ ।

जुकाले फोक्सो र कलेजोमा गुँड बनाएर अण्डा पारेसँगै हिडाटिड सिस्ट भन्ने रोगका कारण फोक्सो र कलेजोमा आक्रमण गरेपछि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोग्नुपरेको हो । सोही वडास्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत मौरतीका बाबुको निधन भइसकेकाले घरका अन्य सदस्यको आयस्रोत नहुँदा उपचारमा समस्या भएको स्थानीय समाजसेवी गल गुरुङले जानकारी दिए ।

आर्थिक अवस्था अत्यन्त न्यून रहेका मौरती परिवारले उपचार खर्च जुटाउन नसकेपछि गुरुङकै सक्रियतामा करिब रु दुई लाख ३० हजार सङ्कलन गरी उपचारमा सहयोग गरिएको उनले बताए । बालक मौरतीको उपचारको लागि खर्च जुटाउन सोही वडा निवासी देशविदेशमा रहेका व्यक्तिले सहयोग गरेका कारण उपचारमा केही हदमा सहज भएको उनले बताए ।

फोक्सो र कलेजोमा समस्या भएपछि काठमाडौँ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पहिलो फोक्सोको ‘ओपन सर्जरी’ गरिएको छ भने दोस्रो पटक कलेजो पाइपमार्फत शल्यक्रिया गरिएको थियो । अबको दुई हप्तापछि पुनःफलोअपका लागि चिकित्सकले सम्पर्क गर्न जानकारी दिएको र अहिले दोस्रो शल्यक्रियापश्चात बालक मौरती घर फर्किएका छन्। बालकको उपचारका लागि अझै आर्थिक अभाव हुने देखिएकाले सहयोगी मनले सहयोग गरिदिन आर्थिक सङ्कलन अभियन्ता गुरुङले आग्रह गरेका छन् ।

  • २३ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !