ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर हुने

आजभोलि

ताप्लेजुङ । ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । प्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइतसहितका आँखा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङचुङगोला, घुन्सालगायत दुर्गम गाउँमा शिविर सञ्चालन हुने भएको हो ।

यही फागुन १० देखि २० गतेसम्म हुने शिविरमा आँखाको स्वास्थ्य परीक्षणसहित मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने बताइएको छ । पहिलो दिन फागुन १० गते फक्ताङलुङ गाउँपालिकामा पर्ने सिवाँ स्वास्थ्य चौकीमा, ११ गते छिरुवा ग्राउन्डमा, १२ गते हान्द्रुङ टारमा, १४ गते ओलाङचुङगोला स्वास्थ्य चौकीमा र १७ गते स्वास्थ्य चौकी घुन्सामा आँखाको स्वास्थ्य जाँच र सामान्य उपचार सेवा प्रदान गरिनेछ ।

आगामी फागुन १० देखि १७ गतेसम्म हुने शिविरमा आँखा परीक्षण र उपचारका साथै मोतियाविन्दुका बिरामीको पहिचान हुनेछ । मोतियाविन्दुका बिरामीको शल्यक्रिया भने फागुन १९ र २० गते फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा हुने गाउँपालिका उपप्रमुख विकास साम्रा (लिम्बू) ले जानकारी दिए । शल्यक्रियामा डा सन्दुक रुइत सहभागी हुने लिम्बूले बताए ।

दुर्गम गाउँका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिन सकून् भन्ने उद्देश्यले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र फक्ताङलुङ गाउँपालिकाले शिविरको आयोजना गरेको उपप्रमुख लिम्बूले बताए । शिविरमा नगरपालिकासहित नजिकका जुनसुकै गाउँपालिकाका बिरामीले सेवा लिन सक्नेछन् ।

 

  • २७ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !