काठमाडौं । संघीय संसद् भवन अगाडिबाट घरेलु हिंसाबाट पीडित बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनले निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिएको जनाएको छ ।
रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको उनले बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन पनि गरेकी थिइन् ।
पछि बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिएकी थिइन् । यसअघि सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उनलाई प्रहरी पक्राउ गरेको थियो ।
उनीसँगै जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गरीकी श्रीमती आरती रावल गिरी र कृतिका यादव पनि पक्राउ परेका छन् ।