राजस्व लक्ष्यभन्दा कम

आजभोलि

बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको नौ महिनामा रु चार अर्ब चार करोड ३८ लाख राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व सङ्कलन लक्ष्य रु चार अर्ब ३५ करोड नौ लाख ४० रहेकामा सो कार्यालयले उक्त अवधिमा रु चार अर्ब चार करोड ३८ लाख राजस्व सङ्कलन गरेको जनाइएको छ । लक्ष्यको तुलनामा झन्डै रु ३१ करोड कम राजस्व सङ्कलन भएको हो ।

कार्यालयका सूचना अधिकारी अवधेशकुमार यादवका अनुसार कार्यालयले सो अवधिमा आयकरवापत रु ५८ करोड ५९ लाख २१ हजार, घरवहाल करवापत रु एक करोड दुई लाख ८४ हजार, ब्याज करवापत रु चार करोड ७३ लाख नौ हजार, मूल्यअभिवृद्धि करवापत रु ६० करोड १६ लाख १३ हजार, स्वास्थ्य करवापत रु ४२ करोड १३ लाख ५२ हजार तथा शिक्षाकरवापत रु चार हजार राजस्व सङ्कलन भएको जानकारी दिएको छ ।

बजार व्यवसायमा आएको कमी, उद्योगहरूको उत्पादन, बिक्री घट्नु र विकास निर्माणका कमीले लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको जनाइएको छ ।

  • १७ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !