डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’

आजभोलि

काठमाडौँ । बैतडीको डिलाशैनी गाउँपालिकामा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालन हुने भएको छ । जिल्ला अस्पतालको आयोजनामा यही चैत २४ र २५ गते पालिकाको धामी गाउँमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।

दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनको तयारी गरिएको अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिए । कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ । उनका अनुसार शिविरमा हाडजोर्नी तथा नशा रोग, बाल रोग, सामान्य चिकित्सा, दाँत तथा मुख रोगसम्बन्धी विशेषज्ञ सेवाका साथै विभिन्न परीक्षण, औषधि तथा परामर्श सेवा प्रदान गरिने छ ।

अस्पतालको पहुँच बाहिर रहेका दुर्गम ठाउँका नागरिकलाई विशेषज्ञ सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

यसअघि गत फागुनमा जिल्लाको सिगास र पञ्चेश्वर गाउँपालिकामा सञ्चालन भएकोे ‘गाउँघरमा चिकित्सक कार्यक्रम’बाट एक हजार बढी नागरिक लाभान्वित भएका थिए ।

  • २० चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !