सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन

आजभोलि

रोल्पा । सुनछहरी गाउँपालिकामा विभिन्न सहयोगी निकायसँगको सहकार्यमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा ल्याइएको छ । द फ्रेड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम तिलगङ्गाको सहयोग र सामुदायिक आँखा केन्द्र रोल्पाको सहकार्यमा आँखा केन्द्र स्थापना भएको हो ।

केन्द्र स्थापनाको अवसरमा केन्द्रले निःशुल्क आँखा जाँच तथा औषधि वितरण गरेको थियो । जसमा कूल ५३ महिला र ४५ पुरुषको आँखा जाँच गरिएको थियो । सो अवसरमा आँखा जाँच गरिएकामध्ये पाँच जनाको मोतिया विन्दुको शल्यक्रिया गर्नुपर्ने र ४५ जनालाई चश्मा प्रयोग गर्न सिफारिस गरिएको थियो । साथै ५६ जनालाई भने निःशुल्क औषधि वितरण गरिएको थियो ।

आँखा केन्द्रको खर्च एक वर्षसम्म द फ्रेड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँले बेहोर्नेछ । यसका फाउण्डेसनले लागि करिब रु २० लाख बराबरको सामग्री र एक वर्षसम्मको जनशक्ति व्यवस्थापन गर्नेछ ।

एक वर्षपछि आँखा केन्द्रको समग्र व्यवस्थापन गाउँपालिकाले लिने सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले जानकारी दिए । आँखा केन्द्रमा आँखाको नियमित जाँचका साथै चस्मा वितरण र सामान्य शल्यक्रियाका साथै औषधिसमेत वितरण गरिनेछ ।

  • २० चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !