मन्दिर पुनःनिर्माणका लागि १४ लाख

आजभोलि

ललितपुर । रोटरी क्लब अफ पाटन हेरिटेजले भाइदेग मन्दिर पुनःनिर्माणका लागि रु १४ लाख संस्कृति सम्पदा संरक्षण समूहलाई हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष गणेश कार्कीले संस्कृति सम्पदा संरक्षण समूहका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । रोटरीले १९९० सालको भुइँचालोले भग्नावशेष बनाएको पाटन दरबार क्षेत्रको भाइदेग मन्दिर पुनःनिर्माणका लागि सम्पदा यात्रा कार्यक्रम सञ्चालन गरेर सङ्कलन गरेको रकमको चेक उपलब्ध गराएको हो ।

क्लबले गत फागुन ६ गते शिवरात्रिका दिन मङ्गलबजारदेखि कीर्तिपुरको उमामहेश्वर मन्दिरसम्म सम्पदा यात्रा गरेर उक्त रकम जुटाएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाल सरकारको सार्वजनिक खरिद ऐनका कारण सम्पदा निर्माण तथा पुनःनिर्माणमा गुणस्तरीय काम हुन नसक्ने बताए ।

“सार्वजनिक देवालय, शिवालय तथा मठमन्दिर निर्माणका लागि बोलपत्र आह्वान गर्दा गुणस्तरीय काम हुन सक्दैन, कम गुणस्तरको हुन्छ, त्यसकारण संस्कृति र सम्पदा मासिन पुग्छ, सम्पदा बचाउन र देवालय, शिवालय तथा मठमन्दिरको गुणस्तरीयता कायम गर्न उपभोक्ता समितिमार्फत स्थानीय कलाकार र कालिगढबाट गरिनुपर्छ”, उनले भने ।

उनले महानगरले भाइदेग मन्दिर पुनःनिर्माणका लागि अहिलेसम्म रु एक करोड २३ लाख दिइसकेको जनाउँदै यस वर्षका लागि रु ५० लाख छुट्याइएको जानकारी गराए । कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले सम्पदा जोगाउन सबै एकजुट हुनुपर्ने बताए । उनले भाइदेग मन्दिर पुनःनिर्माणमा गुणस्तरीय काम हुनेमा विश्वास व्यक्त गरे ।

रोटरी डिस्ट्रिक गभर्नर जितेन्द्रबहादुर राजभण्डारीले सम्पदा क्षेत्रको निर्माणमा बोलपत्र आह्वान गरिन नहुनेमा जोड दिँदै सम्पदा प्रेमी मिलेर संरक्षणका लागि क्रियाशील हुनुपर्नेमा जोड दिए । उनले रोटरीले गर्ने विभिन्न सामाजिक काम जस्तै सम्पदा यात्रा गरेर ८९ वर्ष अघि भत्किएर लोप भइसकेको मन्दिर पुनःनिर्माणका लागि रकम उपलब्ध गराउनु पनि महत्वपूर्ण काम भएको बताए ।

अग्रज पत्रकार कनकमणि दिक्षितले यो रकम प्राप्त भएसँगै डेड वर्षदेखि रोकिएको भाइदेग मन्दिर पुनःनिर्माणको काम पुनःसुरु हुनेमा विश्वास व्यक्त गरे । रोटरी क्लब पाटनका संस्थापक सदस्य तथा कार्यक्रममा संयोजक कृष्णलाल महर्जनले भाइदेग मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरिनुपर्नेमा जोड दिए।

  • २० चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !