स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन

आजभोलि

काठमाडाैं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले सरकारलाई नेपालको स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने उद्देश्यले सम्मेलन गर्न थालिएको जानकारी दिए ।

उनका अनुसार सम्मेलन यही चैत २८ र २९ गते काठमाडौँमा हुनेछ । सम्मेलनमा नेपालबाट पाँच सयभन्दा बढी स्वास्थ्य अनुसन्धानकर्ता र वैज्ञानिक तथा विभिन्न १० देशका प्रतिनिधि सहभागी हुने बताइएको छ । सदस्य सचिव डा. ज्ञवालीले एक सय ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छन् ।

यस्तै एक सय ३७ मौखिक प्रस्तुति तथा ६४ पोष्टर प्रस्तुति समेत सम्मेलनमा रहनेछ । यस्तै स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, लाइफ टाइम एचिभमेन्ट पुरस्कार प्रदान गरिने छ ।

  • २१ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !