नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट

आजभोलि

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको हो ।

नेप्सका अनुसार आज दुई सय ६९ वटा कम्पनीको २८ लाख ७० हजार आठ सय १९ कित्ता शेयर २३ हजार तीन सय ८८ पटक खरिदबिक्री हुँदा रू ९२ करोड छ लाख ८६ हजार बराबरको कारोबार भएको छ ।

आज बैंकिङ, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । नेप्सेका अनुसार बैंकिङ समूह शून्य दशमलव ५४, निर्जीवन बीमा समूह एक दशमलव ६९ र व्यापार समूह चार दशमलव ०४ अङ्कले बढेको छ । आज सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ४२ दशमलव १२ र जलविद्युत् समूहको उपसूचक २८ दशमलव ५८ अङ्कले घटेको छ ।

वित्त समूह २२ दशमलव ६०, होटल तथा पर्यटन समूह नौ दशमलव ४१, लगानी समूह शून्य दशमलव ६३, र जीवन बीमा समूह १८ दशमलव ६२ अङ्कले घटेको नेप्सेले जनाएको छ । उत्पादन तथा प्रशोधन समूह १९ दशमलव ३७, लघुवित्त समूह १३ दशमलव १४, म्युचुअल फन्ड समूह शून्य दशमलव ११ र अन्य समूह १० दशमलव ९७ अङ्कले घटेको छ ।

आज कालिञ्चोक दर्शन लिमिटेड र सिटिजन्स म्युचुअल फन्ड–२ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ४३ अङ्कले घटेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू चार करोड ९२ लाख बराबरको एक लाख २० हजार पाँच सय ५८ कित्ता शेयर कारोबार भएको छ ।

  • २३ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !