अन्तरङ्ग सेवा थप्न माग

आजभोलि

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक एवं मनोसामाजिक स्वास्थ्य समस्या भएका बिरामीका लागि अन्तरङ्ग सेवा थप्न माग गरिएको छ ।

मानसिक स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सो सेवा थप्न माग गरेका हुन् । प्रतिष्ठानमा मानसिक रोगका लागि बहिरङ्ग सेवामात्र उपलब्ध छ तर अन्तरङ्ग सेवा नहुँदा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामी निजी अस्पताल धाउनुपर्ने बाध्यता छ ।

सरकारी अस्पतालमा अन्तरङ्ग सेवा नहुँदा आर्थिक अवस्था कमजोर भएका तथा जेष्ठ नागरिकलाई मानिसक रोगको उपचार गर्न समस्या भएकाले निजी अस्पताल, पुनःस्थापना केन्द्र र मानवसेवा आश्रममा जानुपर्ने बाध्यता रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

इन्सेक, कोसिस, कोपिला नेपाल, शक्ति समूह आदि संस्थाले यसअघिदेखि नै प्रतिष्ठानमा मानसिक स्वास्थ्य सेवा थप्न माग गर्दै आएका छन् । ज्ञापनपत्रमा यथाशक्य चाँडो अस्पतालमा अन्तरङ्ग सेवा सुरु गर्न माग गरिएको छ ।

प्रतिष्ठानका निर्देशक डा खत्रीले छुट्टै भौतिक संरचना बनाएर मानसिक स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले प्रतिष्ठानमा मानसिक तथा मनोसामाजिक स्वास्थ्य सेवा विस्तार गरिने प्रतिबद्धता जनाए ।

जनस्वास्थ्य ऐन, २०७५ मा प्रत्येक व्यक्तिलाई मानसिक रोगसम्बन्धी सेवाको पहुँच हुनुपर्ने उल्लेख छ । नेपाल राष्ट्रिय अनुसन्धान परिषद्को अनुसन्धान प्रतिवेदनअनुसार गण्डकी प्रदेशका १० दशमलव सात प्रतिशत व्यक्तिमा मानसिक समस्या भएको देखिन्छ ।

 

  • २४ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !