पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली

आजभोलि

काठमाडौँ। हिमालयन उद्दार सङ्घले स्वदेशी तथा विदेशी पर्वतीय पदयात्रीको उपचारका लागि तीन ठाउँमा चिकित्सकसहितको टोली खटाइएको छ । वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटककोे उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्रका लागि उक्त टोली खटाइएको हो ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी आधार क्षेत्रमा विशेषज्ञ सेवा प्रदान उपलब्ध गराउन स्वयम्सेवी चिकित्सक परिचालन गरिएको जानकारी दिए । उनका अनुसार सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक, फेरिचेमा दुई विदेशी र एक नेपाली चिकित्सक र मनाङ गाउँमा दुई विदेशी र एक नेपाली चिकित्सकले स्वास्थ्यसेवा प्रदान गर्नेछन् । ती टोलीमा सङ्घका कर्मचारीसमेत खटाइएका छन् ।

वसन्त र शरद ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको सङ्घले हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी आरोहीलाई सेवा दिँदै आएको छ । “गोसाइँकुण्डमा जनैपूर्णिमाको मेला भर्न गएका तीर्थयात्रीलाई लक्ष्य गरी हरेक वर्ष स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौँ”, प्रमुख कार्यकारी अधिकृत बस्यालले भने ।

सङ्घका अध्यक्ष हरि धरेलले स्वयम्सेवी चिकित्सकलाई लेक लाग्ने, अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे विस्तृत तालिम प्रदान गरेर कार्यक्षेत्रमा पठाइएको जानकारी दिए । स्वदेशी पदयात्रीलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्दै आएको सङ्घले विदेशी पदयात्रीसँग भने थोरै शुल्क लिँदै आएको उनले बताए ।

सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको छ । कार्यक्षेत्रमा जाने चिकित्सक ‘माउण्टेन मेडिसिन’ मा दक्ष हुन्छन् । सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही, आरोहणमा सहयोग गर्ने कर्मचारी ताथ अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ ।

फेरिचेमा सन् १७७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आइएको सङ्घका अध्यक्ष धरेलले जानकारी दिए । लेकका बारेमा सूचना दिन होर्डिङ बोर्ड राख्ने, पर्चा छपाइ गरी वितरण गर्ने, पर्यटन सम्बद्ध पत्रिकामा सूचना छपाउने, स्कूल, कलेजका विद्यार्थीलाई तालिम प्रदान गर्नेलगायत काम गर्दै आएको सङ्घले जनाएको छ ।

सरोकारवालासँगको सहकार्यमा पर्यटक गाइड एवं पर्यटक सहयोगीलाई तालिम दिने तथा नेपाली सेनासँगको सहकार्यमा सफा हिमाल अभियानसमेत सञ्चालनसमेत संघले गर्दै आएको छ ।

  • २६ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !