फागुनमा एक खर्ब चार अर्ब विप्रेषण भित्रियो

आजभोलि

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको विप्रेषण आप्रवाह चालु आवमा भने बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनसम्म विप्रेषण रु सात खर्ब ९४ अर्ब ३२ करोड आएको छ । फागुनमा मात्रै रु एक खर्ब चार अर्ब बढी विप्रेषण भित्रिएको राष्ट्र बैैंकले जनाएको छ । गत माघसम्म रु छ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स आएको थियो ।

चालु आवको आठ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव ८ प्रतिशतले वृद्धि भई रु छ अर्ब नौ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो अप्रवाह २ दशमलव ६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५४ दशमवल तीन प्रतिशतले वृद्धि भई तीन लाख ५१ हजार सात सय ६१ पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ८ प्रतिशतले वृद्धि भई एक लाख ९२ हजार पाँच सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २४० दशमलव तीन प्रतिशतले बढेको थियो ।

 

  • २८ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !