बजेटमा उद्योगीका सुझाव सङ्कलन

आजभोलि

लुम्बिनी । रुपन्देही उद्योग सङ्घ, नेपाल उद्योग परिसङ्घ र लुम्बिनी प्रदेश उद्योग परिसङ्घले आगामी वर्ष २०८०/८१ को बजेटमा सुझाव पेस गर्न उद्योगीहरुसँग छलफल गरेको छ । नेपाल उद्योग परिसङ्घले सातवटै प्रदेशका उद्योगीसँग छलफल गरी सरकारका सम्बन्धित निकायमा सुझाव पेस गर्ने उद्देश्यले उद्योगीसँग छलफल थालेको हो ।

परिसङ्घले बजेटमा उद्योगीको सुझाव सङ्कलन गर्नेक्रममा रुपन्देही उद्योग सङ्घको आयोजनामा अन्तरक्रिया सम्पन्न गरिएको छ ।

अन्तक्रियामा सहभागी उद्योगीले हालको खराब अर्थतन्त्र सुधारका लागि राज्य चनाखो हुनुपर्नेमा जोड दिँदै नीतिगत सुधार, भौतिक पूर्वाधार विस्तार र उद्योगीले व्यहोर्नु परेका झन्झटिला प्रक्रिया, भन्सार, कर नीतिका नकारात्मक प्रभाव तथा आगामी दिनमा गर्नुपर्ने सुधारका सन्दर्भमा आ—आप्mना राय सुझाव पेस गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घ प्रतिनिधि लक्ष्मीप्रसाद सुवेदीले उद्योगीका समस्या समाधानका उचित उपाय खोज्न, आवश्यक पहल गर्न र राज्यलाई विभिन्न विषयमा सकारात्मक सुझाव दिन नेपाल उद्योग परिसङ्घ सक्रिय ढङ्गबाट अघि बढिरहेको बताउनुभएको थियो । उनले उद्योगीले विशेषगरी भन्सार, कर प्रणाली र नीतिगत विषयमा उठान गर्नुभएका समस्यालाई लिपिबद्ध गरी उच्चस्तरीय बैठकमा प्रस्तुत गर्ने र उद्योगीको समस्या क्रमशः समाधान गर्दै जानेसमेत प्रतिबद्धता व्यक्त गरेकबा थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसङ्घका अध्यक्ष एजाज आलम सङ्घका पूर्व अध्यक्ष बोनिन पिया, प्रथम उपाध्यक्ष, कृष्णप्रसाद पराजुली, उद्योगी रामप्रसाद बस्याल लगायतले विषयवस्तु उठान गरेका थिए ।

 

  • २९ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !