आन्ध्र प्रदेशमा बन्यो समान्थाको मन्दिर

आजभोलि

मुम्बई । साउथ अभिनेत्री नयनतारा पछि अब आन्ध्र प्रदेशमा एक फ्यानले अर्की अभिनेत्री समान्था रुथ प्रभुको मन्दिर बनाएका छन् ।

साउथ फिल्ममा कुनै पनि फ्यानले आफ्नो मनपर्ने कलाकारको मन्दिर निर्माण गर्ने पुरानै परम्परा हो । नयनतारा, हंसिका मोटवानी र नमितापछि अब भने समान्थाको मन्दिर बनेको हो ।

सामन्था ‘द फेमिली मेन २’ र ‘पुष्पा’का कारण लोकप्रिय छिन् । उनको आन्ध्र प्रदेशको बापाटलास्थित अल्लपाडु गाउँमा एक मन्दिर बनेको छ । समान्थाका फ्यान तेनाली सन्दिपले मन्दिर बनाएका हुन् । मन्दिर २८ अप्रिलमा खुल्नेछ ।

रोचक कुरा के छ भने ती फ्यानले अहिलेसम्म समान्थालाई भेट्ने मौका पाएका छैनन् । तेनालीले आफू समान्थाको फिल्ममात्र नभई उनको च्यारिटी कामबाट पनि प्रभावित भएको बताएका छन् ।

समान्था प्रत्युषा फाउण्डेसनमार्फत सामाजिक काम गर्छिन । उनको मन्दिर बनेको विषयमा समान्था र उनको टिमले कुनै प्रतिक्रिया दिएको छैन ।

  • १४ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !