एसीसी प्रिमियर कपको उपाधिसँगै नेपाल एशिया कपमा छनौट

आजभोलि

काठमाडौं । किर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा मंगलबार सम्पन्न एसीसी प्रिमियर कपमा युएईलाई हराउँदै नेपाल पहिलोपटक एशिया कप क्रिकेटका लागि छनौट भएको छ । एसीसी प्रिमियर कपको फाईनलमा युएईमाथि ७ विकेटको शानदार जित निकाल्दै नेपालले उपाधि समेत जितेको हो ।

युएईले दिएको ११८ रनको सामान्य लक्ष्य नेपालले ३०।३ ओभरमा जम्मा ३ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा युवा अलराउण्डर गुल्शन झाले संकटमोचकको भुमिका निर्वाह गरे भने उनलाई भिम सार्कीले शानदार साथ दिएका थिए । यी दुई ले नटआउट ९६ रनको साझेदारी गरे ।

गुल्शनले ८४ बलमा ३ चौका र ६ छक्का हिर्काउँदै नटआउट ६७ रन बनाए भने भिम सार्कीले ७२ बलमा नटआउट ३६ रनको योगदान गरे । नेपालले २२ रनको अवस्थामा आफ्नो महत्वपूर्ण तिन विकेट गुमाईसकेको थियो । कुशल भुर्तेल १, आशिफ शेख ८ र कप्तान रोहित पौडेल १ रन बनाउँदै पभिलियन फर्किएका थिए ।

बलिङ्गमा युएईका लागि रोहन मुस्तफाले २ र आयान अफ्जल खानले १ विकेट हात पारे । टस हारेर पहिलो ब्याटिङ्ग गरेको युएईको टोलिले फितलो प्रदर्शन गर्दै ३३।१ ओभरमा अलआउट हुँदै जम्मा ११७ रनको योगफल तयार पारेको थियो ।

आशिफ खानले सर्वाधिक ४६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उम्दा प्रदर्शन गर्न सकेनन् । बलिङ्गमा नेपालका लागि ललित राजवंशीले ४ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट चट्काए । यस्तै सोमपाल कामी र गुल्शन झाले एक एक विकेट हात पारेका थिए ।

यो जितसँगै एशिया कपका लागि छनौट भएको नेपालले भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा रहँदै खेल्नेछ । एशिया कप २०२३ आगामी सेप्टम्बरमा पाकिस्तानमा हुनेछ ।

 

  • १९ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !