मछिन्द्रले सातदोबाटोलाई हरायो

आजभोलि

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिक पूरा गरे ।

पराजित सातदोबाटोका जोर्डन पुन मगरले एक गोल फर्काए । खेलको १७औँ मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए ।

खेलको ५६ मिनेटमा ओलावालेले ह्याट्रिक पूरा गर्दै मछिन्द्रलाई ३–० अग्रता दिलाए । त्यसपछि खेलको ८४औँ मिनेटमा सातदोबाटोका जोर्डनले एक गोल गरे । यस जितसँगै मछिन्द्र २३ खेलमा ३९ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ । समान खेल खेलेको सातदोबाटो २९ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

  • १७ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !