रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई

आजभोलि

काठमाडौं । यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौँडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी भएको हो । कर्णालीले कटारी रग्बी क्लबलाई १५–५ अङ्कले तथा हेटौँडाले हिमालयन टाइगर रग्बी क्लबलाई १४–५ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । विजेता दुवै टोलीले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता दुवै टोलीले रु ३० हजार, मेडल र प्रमाणपत्र पाए ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई माई नगरपालिकाका नगरप्रमुख खम्बसिंह लिम्बू, नेपाल रग्बी सङ्घका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रीय सदस्य सन्तकुमार मेहतालगायतले पुरस्कार प्रदान गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ कर्णालीका रोहन डङ्गोल र महिलातर्फ हेटौंडाकी पुष्पा खड्का घोषित भए । दुवैजनाले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे । यस्तै उदीयमान खेलाडी कटारीका नविन दर्लामी र विडिसा राई घोषित भए ।

नेपाल रग्बी सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका लागि प्रदेश रग्बी सङ्घ, जिल्ला रग्बी सङ्घ इलाम र माई नगरपालिकाले सहजीकरण गरेको थियो । प्रतियोगितामा पुरूष र महिलातर्फ कोशी प्रदेशबाट कटारी रग्बी क्लब, मधेस प्रदेशबाट बर्दिबास रग्बी क्लब, बागमती प्रदेशबाट हेटौँडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्बी क्लब र राष्ट्रिय क्लब हिमालयन टाइगर रग्बी सहभागी भएका थिए । आगामी अगष्तमा नेपालमा हुने यू–२० एसिया रग्बी सेभेन्सका लागि नेपाली टोली छनोट गर्न प्रतियोगिता आयोजना गरिएको नेपाल रग्बी सङ्घका बरिष्ठ उपाध्यक्ष गिरीले जानकारी दिए ।

  • २७ जेष्ठ २०८०, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !