लेखनाथ हाफ म्याराथनमा बस्नेत च्याम्पियन

आजभोलि

कास्की । लेखनाथ खुला राष्ट्रिय पुरुष हाफ म्याराथनको उपाधि रामजी बस्नेतले जितेका छन् ।

पोखरा महानगर खेलकुद विकास समितिले पोखराको लेखनाथमा आज पहिलोपटक आयोजना गरेको म्याराथनमा बस्नेतले २१ दशमलव ९८ किलोमिटरको निर्धारित दूरी एक घन्टा १३ मिनेट ३३ सेकेन्डमा पूरा गरी च्याम्पियन बने ।

पोखरा–२९ भण्डारढीकस्थित प्रस्तावित लेखनाथ रङ्गशालाबाट सुरु भएको दौड लेखनाथ साना तथा सहरी खानेपानी, बेगनासताल, पार्किङबाट ड्याम हुँदै बेगनास बसपार्क, शिशुवा, कविशिरोमणि गेट हुँदै कालीगण्डकी चोक पुगेको थियो । त्यसपछि खास्टेताल चोक, बुढीबजार सिमलमार्ग लक्ष्मी मावि हुँदै लेखनाथ चोक, डाँडानाकबाट तालचोक, शिशुवा, नौबीसे आदर्शचोक निस्केर भण्डारढीकस्थित लेखनाथ रङ्गशालामा पुगेर दौड टुङ्गिएको थियो ।

हाफ म्याराथनमा मोहनदेव जोशी द्वितीय बने । उनले निर्धारित दूरी पूरा गर्न एक घन्टा १४ मिनेट दुई सेकेन्ड समय लगाउनुभयो । यसैगरी एक घन्टा १८ मिनेट आठ सेकेन्डको समयमा दौड पूरा गरी अनिश गुरुङ तृतीय बने ।

महिलातर्फको १० किलोमिटर सडक दौडमा एक घन्टा छ मिनेट ३७ मिनेटमा पूरा गर्दै पूर्णलक्ष्मी न्यौपाने प्रथम भए । आशा रावत द्वितीय तथा सुमित्रा के चाण्डारीले तृतीय स्थान हासिल गर्नुभएको महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।

म्याराथन विजेताले नगद रु ३० हजारसहित प्रमाणपत्र तथा उपविजेताले नगद रु २० हजार र तृतीय हुनेले रु १० हजार र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । महिला १० किमी दौडका धाविकाले नगद रु ३० हजार, उपविजेताले रु २० हजार र तृतीयले रु १० हजार पुरस्कार पाए ।

विद्यालयस्तरीय पाँच किलोमिटर दौडअन्तर्गत छात्रतर्फ तेन्जेन रोकाले १७ मिनेट ४० सेकेन्डमा पूरा गर्दै प्रथम भए । विवेक परियारले १७ मिनेट ५० सेकेन्डमा पूरा गरी द्वितीय र १७ मिनेट ५५ सेकेन्डको समय लगाउनुभएका सुनिल विकले तृतीय स्थान प्राप्त गरे ।

छात्रातर्फको प्रतिस्पर्धामा पाँच किलोमिटर दौडमा नारायण भण्डारी प्रथम, मेनुका अधिकारी द्वितीय र एन्जेल अधिकारी तृतीय हुन सफल भए । विद्यालयस्तरीय दौडका विजेताले क्रमशः रु १५ हजार, १० हजार र पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।

  • २७ जेष्ठ २०८०, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !