पुरुष भलिबल : नेपाल मङ्गोलियासँग पराजित

आजभोलि

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा)पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको छ ।

कीर्गिस्तानमा आज भएको खेलमा नेपाल मङ्गलियासँग ३–१ को सेटमा पराजित भएको हो । मङ्गोलियाले खेलको पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले आफनो पक्षमा पार्‍यो । त्यस्तै खेलको तेस्रो सेट भने नेपालले जित्यो । नेपालले २७(२५ ले आफ्नो पक्षमा पार्‍यो तर खेलको चौँथो सेटमा मङ्गोलिया २५(२० ले विजयी भयो ।

उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहेको छ । जसमा आयोजक कीर्गिस्तान ‘ए’ टोली, मङ्गोलिया, नेपाल, उज्वेकिस्तान, इरान, तुर्कमिनिस्तान र कीर्गिस्तानको ‘बी’ टोली छन् । अब नेपालले आफनो दोस्रो खेल भोलि कीर्गिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ ।

 

  • ३ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !