नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य

आजभोलि

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले टेस्ट टोली जिम्बाब्वेलाई २९१ रनको लक्ष्य दिएको छ ।

हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९९ रनको योगदान गरे । उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै आशिफ शेख ६६ रन बनाएर आउट भए । १०० बल खेलेका उनले सात चौका प्रहार गरे । कुशल मल्लले ४१ रनको योगदान गरे । उनले ४२ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । यस्तै कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भए । उनले २९ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । गुल्सन झा १३ रन बनाएर आउट भए । उनले एक चौका प्रहार गरे ।

आरिफ शेख ११ बलमा १० र दीपेन्द्रसिंह ऐरी ७ बलमा ६ रन बनाएर आउट हुँदा भीम सार्कीले रनको खाना नै खोल्न सकेनन् । क्वालिफायर अन्तर्गत समूह ए मा नेपालले आज पहिलो खेल जिम्बाब्वेविरुद्ध खेलेको हो । नेपालको समूहमा जिम्बावे, वेस्ट इण्डिज, नेदरल्याण्ड्स र अमेरिका छन् ।

नेपालले यसपछि अमेरिका, वेस्टइन्डिज र नेदरल्यान्ड्ससँग खेल्नेछ । समूहका शीर्ष ३ टीमले सुपर सिक्समा प्रतिस्पर्धा गर्नेछन् । त्यहाँ शीर्ष २ भित्र पर्ने टिम विश्वकपमा छानिने छन् ।

  • ३ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !