पाँच वर्ष यही गठबन्धनको सरकार : प्रधानमन्त्री

आजभोलि

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताएका छन् । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन नै पाँच वर्ष रहने बताएका हुन् ।

उनले भने, ‘अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुने छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’

अठारौँ शताब्दीमा कार्ल मार्क्स समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले अहिले पनि आफू दुनियाँले के भन्छ भन्नेभन्दा पनि राम्रो काममा ध्यान दिने गरेको बताए ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति हावी भएकोे प्रधानमन्त्रीको भनाइ थियो । आफूले देश र जनताका पक्षमा राम्रो गर्दै जाने बताउँदै जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने उनको भनाइ थियो ।

  • ११ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !