दैनिक पिउनुहोस् गाजरको जुस, पाउनु हुनेछ यस्ता लाभ

आजभोलि

काठमाडौं । प्रोटिन, क्याल्सियम, फाइबर र भिटामिन ‘सी’ जस्ता जरुरी पोषक तत्त्वहरूले भरपूर गाजरको सेवन गर्नाले स्वास्थ्यमा एकदमै धेरै लाभ पाउन सकिन्छ । आज यो लेखमार्फत् दैनिक जीवनमा प्रयोग भैरहने गाँजरको जुस पिउँदा स्वास्थ्यलाई प्राप्त हुने लाभकोबारेका जानकारी दिनेछाैँ ।

१.दैनिक गाजरको जुस पिउँदा तौल कम गर्न पनि सहयोग हुन्छ । यसमा फाइबर हुन्छ जसले शरीरको बोसो कम हुँदै जान्छ ।

२.दैनिक गाजरको जुस पिउँदा छालामा पनि चमक आउन थाल्छ । गाजरको जुसमा एन्टिअक्सिडेन्ट गुणका हुन्छ जसले अनुहारमा दागहरू आउन दिँदैन ।

३.साथै यो आँखाका लागि पनि एकदमै राम्रो हुन्छ । आँखाको समस्या तथा रोशनी तेज गर्नका लागि पनि तपाईं दैनिक गाजरको जुस पिउन सक्नुहुन्छ ।

४.गाजरको जुसमा भिटामिन सी पनि पाइन्छ । जसले गर्दा इम्युन सिस्टमलाई पनि बलियो बनाउँछ । यसले तपाईं छिटो९छिटो बिरामी हुनबाट बच्नुहुन्छ ।

५.गाजरको जुस मुटुका स्वास्थ्यका लागि पनि एकदमै राम्रो हुन्छ । यसमा पोटासियम र फोलेट पाइन्छ, जसले मुटु स्वस्थ राख्छ ।

६.कपालको समस्याका लागि पनि गाजरको जुस पिउन सकिन्छ । यसमा भिटामिन ‘ए‘, ‘बी’ र ‘ई’ हुन्छ । विशेषगरी, भिटामिन ‘ई’ प्रसस्त हुन्छ जसले गर्दा कपालको वृद्धि पनि राम्रो हुन्छ । एजेन्सी

  • २९ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !