महिनावारीको दुखाइ कम गर्न के गर्ने ?

आजभोलि

काठमाडौं । महिनावारीमा महिलाहरूको शरीर सुन्निने र दुख्ने समस्या हुन थाल्छ । जसबाट आराम पाउनका लागि केही घरेलु उपायहरूको सहयोग लिन सकिन्छ । आउनुहोस् महिनावारीको दुखाइ कम गर्नका लागि गर्न सकिने केही घरेलु उपायहरूका बारेमा जानौं ।

खुट्टाको मसाज

खुट्टामा मसाज गर्नाले पनि महिनावारीका क्रममा कम्मरमा भइरहेको दुखाइ कम हुन्छ । खुट्टामा सम्पूर्ण शरीरको अकुप्रेसर पोइन्ट हुन्छ जसले गर्दा खुट्टाको मसाज गर्दा शरीरको दुखाइ पनि कम हुन्छ ।

अदुवाको सेवन

अदुवामा एन्टिअक्सिडेन्ट्स तत्त्व पाइन्छन्, जसले महिनावारीको बेला सुन्निने समस्यालाई कम गर्छ । तपाईं अदुवालाई पिसेर पानीमा उमालेर पिउन सक्नुहुन्छ वा अदुवाको चिया पनि पिउनु सक्नुहुन्छ ।

नुनले सेक्ने

नुनमा म्याग्नेसियम र सल्फेट पाइन्छ, जसले महिनावारीमा भइरहेको दुखाइ र सुन्निने समस्यालाई कम गर्न सहयोग गर्दछ ।

पानी धेरै पिउने

पानीको कमीले डिहाइड्रेसन हुन्छ, जसले गर्दा महिनावारीको दुखाइ झनै बढ्छ । साथै पानीले शरीरको टक्सिनलाई बाहिर निकाल्ने काम पनि गर्छ त्यसैले प्रसस्त मात्रामा पानी पिउनु महिनावारीको बेला झनै राम्रो हुन्छ ।

बेसार दूध

महिनावारीको बेलामा शरीर दुखिरहेको छ भने तपाईं दूधमा बेसार मिसाएर पिउन सक्नुहुन्छ । दूधलाई राम्रोसँग तताउनुहोस् र यसमा बेसार मिसाएर पिउनुहोस् । यसले पेट तथा कम्मरमा भएको दुखाइलाई कम गर्छ ।
लेभेन्डर तेल

लेभेन्डरमा कैयौं त्यस्ता पोषक तत्त्वहरू पाइन्छन्, जसले महिनावारीको बेला शरीर सुन्निएको तथा दुखेको कम गर्छ । लेवेन्डरको तेलले मसाज गर्नुहोस् यसले तपाईंलाई एकदमै फाइदा हुनेछ। एजेन्सी

  • ९ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !