एनसेललाई राष्ट्रियकरण गर्नुपर्ने : सोमप्रसाद पाण्डे

आजभोलि

भक्तपुर । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उनले एनसेललाई अब राष्ट्रियकरण गर्नुपर्ने बताए ।
पूर्वमन्त्री पाण्डेले भने, “डेढ खर्बको लागत रहेको एनसेल कम्पनीको शेयर खरिद बिक्रीको रकम रु ६ अर्बमात्रै हुनुले त्यहाँ गलत भएको तथ्य उजागर भएको छ, सरकारी अभिलेख हेर्दा पनि एनसेलले रु छ अर्ब मुनाफाको अंश विदेश लगेको देखिन्छ, यस्तो अवस्थामा ठूलो रकम कर छलेको सहजै अनुमान गर्न सकिन्छ छानबिन समितिले निष्पक्ष छानबिन  त्यसलाई राष्ट्रियकरण गरिनुपर्छ ।”
फरक सन्दर्भमा नेता पाण्डेले मेलम्चीको पानीे काठमाडौँबासीलाई यथाशीघ्र उपलब्ध गराउन, काठमाडौँ उपत्यकामा द्रुत बससेवा स्थानीय निकायसँग समन्वय गरेर सञ्चालन गर्न, धौवादीस्थित फलाम खानी संरक्षणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।

  • २६ मंसिर २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !