खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान होः राष्ट्रपति

आजभोलि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान भएको बताएका छन् । मंगलवार काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउन र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन तथा कार्य तत्परता विकास गर्ने माध्यम भएको बताएका हुन् ।

उनले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताए । उनले कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क मात्रै खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताए । उनले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने बताए ।

उनले परिवार, समाज र परिवेश समावेशबाट सिक्ने तथा गरिखाने पुस्तक विहीन शिक्षा पनि आजको आवश्यकता भएको बताए । विद्यार्थीहरुको खेलकुदमा संलग्नता समृद्धि, सफलता, समाज निर्माणको आधार भएको बताए ।

उनले भने, ‘शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन् । कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउँछ । अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउन र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन तथा कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् । पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन सक्दैन । यसका लागि परिवार, समाज र परिवेश समावेशबाट सिक्ने तथा गरिखाने पुस्तक विहीन शिक्षा पनि चाहिन्छ । मेरो विचारमा खेलकुद र यस्ता प्रतियोगितात्मक क्रियाकलाप, यसैतर्फका उन्नत सिकाईका विधि हुन् । विद्यार्थीहरुको खेलकुदमा संलग्नता समृद्धि, सफलता, समाज निर्माणको आधार हो ।’

राष्ट्रपति पौडेलले खेलकुदले युवालाई शारीरिक रुपमा स्वस्थ बनाउने बताए । उने खेलकुदले सामाजिक जीवनलाई समृद्धिपूर्ण बनाइ सांस्कृतिक अनुभुति प्रदान गर्ने उल्लेख गरे ।

  • १७ पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !