नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

आजभोलि

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेर बन्द भएको छ । आइतबार बजार १०.३७ अंकले बढेर बन्द भएको हो । बजार २०९४.४६ को विन्दुमा पुगेको छ ।

यस दिन ३०६ धितोपत्रका एक करोड सात लाख ५१ हजार १६४ कित्ता सेयर तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । कारोबारमा आएका १३ मध्ये चार उपसमूहको परिसूचक वृद्धि भएको छ । बाँकी उपसमूहको परिसूचक घटेको छ । हाइड्रो उपसमूहको समूहगत सूचक सर्वाधिक १.३३ प्रतिशतले बढेको छ ।

मिड सोलु हाइड्रोपावर र माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । चन्द्रागिरि हिल्सको सेयर मूल्य सर्वाधिक ९.८६ प्रतिशतले घटेको छ ।

  • १४ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !