कांग्रेसद्वारा बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंगलबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री कबुढाथोकी निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा गएराति निधन भएको थियो ।

विसं २००१ असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनुभएका स्व बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

बुढाथोकीको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने र उनको निधनबाट कांग्रेस मर्माहत र स्तब्ध भएको बताइएको छ। आकस्मिक बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको ।

बैठकले मृतक आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

नेता बुढाथोकीको निधनमा कांग्रेसले माघ २३, २४ र २५ गते (तीन दिन) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने र पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने र १३औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

  • २३ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !