श्याम श्रेष्ठले भने : यो गठबन्धन लामो समय जाँदैन, कुनैपनि बेला भत्किन सक्छ

आजभोलि

काठमाडौं । नागरिक समाजका अगुवा श्याम श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धन कुनैपनि बेलामा भत्किन सक्ने बताएका छन् ।

नागरिक समाजका अगुवा श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धन लामो समय नजाने बताएका हुन् । उनले विचार र मुद्दाहरुमा गतिलो छलफल नगरी सत्ताको लागि मात्रै गठबन्धन गरिएकाले कुनैपनि बेलामा भत्किने बताए । गठबन्धन बनाउँदा विचार, सिद्धान्त र रणनीतिमा कुनै छलफल नभएको उनको भनाइ छ ।

उनले केवल सत्ताको बाँडफाँटमा केन्द्रित रहेर गठबन्धन गरिएको भन्दै मन्त्रालयको भागबण्डा नमिल्नासाथ गठबन्धनमा झगडा शुरु हुने बताए । वर्तमान गठबन्धन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को बाध्यता र आवश्यकताको उपज भएको उल्लेख गर्दै श्रेष्ठले विचार र सिद्धान्त नमिलिकन गठबन्धन त नटिक्ने भन्दै एमाले–माओवादी केन्द्रबीचको एकता टाढाको कुरा भएको टिप्पणी गरे ।

एमाले–माओवादी केन्द्रको एकता नहुने उनको दाबी छ । उनले विगतमा एमाले–माओवादीले वृहत छलफल बिना एकता गर्दा पार्टी फुटेको उदाहरण दिँदै अहिले पनि उनीहरुले पुरानै गल्ती दाहो-याएका बताए ।

अगुवा श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले पटक–पटक गठबन्धन फेर्नु ठिक नभएको बताए । उनले प्रधानमन्त्री दाहालले पहिले सहकार्य त्यागेको एमालेसँग अहिले गठबन्धन गर्दा गलत सन्देश गएको पनि बताए । गठबन्धन गर्नु गलत नहुने भन्दै उनले विचार, सिद्धान्त र रणनीति मिल्नेसँग मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए । गठबन्धन किन र के काम गर्नलाई गर्ने हो भन्ने कुरामा सम्बन्धित दलहरु प्रष्ट हुनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालको कामलाई कांग्रेसका मन्त्रीहरुले सहयोग नगर्नु, राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई हराउनु र संक्रमणकालिन न्यायलाई टुंग्याउन कांग्रेसले ढिलासुस्ती गर्नु लगायतका कारणहरु नै विगतको गठबन्धन टुट्नुको प्रमुख कारणको रुपमा देखिएको उनले बताए ।

  • २३ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !